कास्की, भदौ ५ । गण्डकी प्रदेशमा फेरि १३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान ११ बजे अद्यावधिक गरेको विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका १३ जना संक्रमित थपिएका हुन्।
महानगरको ४, ६ नम्बर वडामा दुईरदुई जना, ८ नम्बर वडामा चार जना र वडा नम्बर ५, ९, १६, २७ र ३० मा एकरएक जना संक्रमित थपिएका हुन्।
क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। बिहान १० अद्यावधिक गरेको विवरणमा गण्डकीका विभिन्न जिल्लामा ११ जना संक्रमित थपिएका थिए।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ। थपिएका सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।
Facebook Comments


























