काठमाडौं, भदौ ३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। तीन दिनदेखि अविच्छिन्नरूपमा बस्दै आएको कार्यदलको बैठक आज पनि दिउँसो तीनबजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने सदस्य पम्फा भुसालले जानकारी दिइन्।
“कार्यदलको बैठक आज पनि दिउँसो तीनबजे बस्नेछ। आचारसंहिताका केके विषयमा छलफल भइरहेको छ भनेर बताउन मिलेन,” उनले भनिन्। कार्यदलले छलफलका विषय बाहिर सार्वजनिक नगर्ने र सुझाव–प्रतिवेदनका रूपमा पार्टी सचिवालयलाई बुझाउने सहमति भएको छ। स्रोतका अनुसार कार्यदलले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँडलाई विधानमा व्याख्या गर्नेदेखि, एकता महाधिवेशनको तयारी, मन्त्रिपरिषद् पुनःगठन, संवैधानिक नियुक्ति, मुख्यमन्त्री हेरफेरसम्मका विषयमाथि छलफल गरिरहेको छ।
Facebook Comments


























