चितवन, भदौं २ । चितवनमा मंगलबार थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका ४६ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी डा.नितु अधिकारीले जानकारी दिइन्। सबैभन्दा धेरै संक्रमित राप्तीमा देखिएका छन्। राप्तीको प्रहरी क्वारेन्टिनका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमा ४० पुरुष र २ महिला छन्। उनिहरु १९ देखि ५५ बर्ष उमेर समूहका हुन्।
यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार परीक्षण गरिएको ३५५ नमुना मध्य ५० वटा नमुनामा कोरोना पोजेटिभ भेटिएको थियो।

Facebook Comments


























