धनुषा, भदौ १ । धनुषामा थप एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ।
सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार धनुषाको धनौजी गाउँपालिकाका ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो।
ती पुरुषको साउन २६ गते स्वाब संकलन गरी गरिएको परीक्षणमा साउन ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएकै दिन उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना गरिएको थियो।
कोरोनाको कडा खालको लक्षण अर्थात् कडा खालको निमोनियाबाट ग्रसित भएका ती पुरुषको आइसियुमा राखेर उपचार गरिएको थियो।
स्वास्थ्य अवस्था जटिल बनेकाले उनलाई आज भेन्टिलेटरमा सार्ने तयारी थियो। तर, उनको आज बिहान आइसियुमै रहँदा मृत्यु भएको झाले बताए।
Facebook Comments


























