काठमाडौं, भदौ १ । संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन्।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्न प्रस्ताव गरेका थिए। ‘यसबारे छलफल गर्ने भन्ने भएको छ’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले अनलाइनखबरसँग भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक अंगका केही पदमा पदपूर्ति हुन सकेको छैन।
भेटमा कांग्रेस नेताहरुले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण र बाढी पहिरोमा सरकारले प्रभावकारी नभएको समेत बताएका छन्।
Facebook Comments


























