चितवन, भदौं १ । चितवनमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन्।
चितवनमा सबैभन्दा धेरै भरतपुरमा संक्रमित भेटिएका छन्। भरतपुरमा ४ महिला र ३ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये केही क्वारेन्टिनका हुन् भने केही पुरानो मेडिकल कलेजमा उपचाररत बिरामी हुन्।
यस्तै क्वारेन्टिनमा रहेका पूर्वीचितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अर्की संक्रमित महिला ८६ वर्षकी हुन्।
भरतपुर–१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। चितवनमा गएराति कुल ५६८ नमुना परीक्षण गरिएको थियो।
चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ।



























