मुम्बई, साउन ३२ । हिन्दी फिल्म ‘सडक २’ को गीत ‘तुम से ही’ रिलिज भएको छ।
ट्रेलरपछि यो गीतले पनि अनलाइनमा लाइकभन्दा बढी डिसलाइक पाएको छ । गीत रिलिज भएको केही घण्टामै लाखौंले डिसलाइक गरेका छन्।
गीतमा आदित्य रोय कपूर र आलिया भट्टको शीर्ष भूमिका रहेको छ। गीतमा उनी एक गायकका रुपमा देखिएका छन्। यसअघि उनले ‘आशिकी २’ मा यस्तै खाले भूमिका निभाएका थिए।
महेश भट्टको फिल्म ‘सडक २’ को ट्रेलर युट्युबमा रिलिज भएदेखि यो समाचार तयार पार्दासम्म ८ लाखले हेरेका छन्।
सन् १९९१ को हिट फिल्म ‘सडक’ को सिक्वेल ‘सडक २’ मा आदित्य र आलियाका अलावा सञ्जय दत्तको पनि शीर्ष भूमिका छ।
यो फिल्म भारतमा बहस भइरहेको नेपोटिज्मको मारमा परेको छ। २८ अगस्तमा ओटीटी प्लेटफर्ममा रिलिज हुने यो फिल्मले कस्तो प्रतिक्रिया पाउने छ, त्यो भने हेर्न बाँकी छ।
Facebook Comments


























