साउन ३० । कानेगुजीलाई बेवास्ता नगर्नुस्। यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ।
१) तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ।
२) कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो। तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ।
३) व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ। तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुस् किनकि तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ।
४) कानेगुजी पहेंलो वा हरियो वा कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनी बुझ्नू। कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो।
५) कानेगुजी कत्ले खालको भयो भने अनि तपाईंको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लाग्यो। तर चिन्ता नलिनुस्, यो उपचारले ठीक हुन्छ।
६) कानेगुजी गनायो भने कानमा संक्रमण भएछ भनी बुझ्नू।
७) कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू। यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ। एजेन्सी
























