मुम्बई, साउन ३० । बलिउड स्टार आफ्नो जीवनलाई आफ्नै इच्छा अनुसार बाच्न चाहन्छन्। आम मानिसको भन्दा फरक जीवनशैली बिताउने यी कलाकारलाई उमेर ढल्के पनि विवाह गर्ने सोच पलाउँदैन।
आजकल अक्सर महिलाले ३० बर्षको आसपासमा विवाह गर्दछन्। बलिउडका यस्ता केहि अभिनेत्री छन् जसको ४०र५० बर्षको उमेरसम्म विवाह भएको छैन। आज हामी बढि उमेरसम्म पनि विवाह नगर्ने बलिउड अभिनेत्रीका बारेमा चर्चा गर्नेछौ।
१) नगमा
सन् १९९० बाट फिल्म बागी मार्फत बलिउडमा प्रवेश गरेकि चर्चित अभिनेत्री नगमा अहिले राजनीतिमा सक्रिय छिन्। उमेरले ४५ काटेकि यी अभिनेत्री अझै अविवाहित छन्।
२) तब्बू
बलिउडमा राम्रो अभिनेत्रीका रुपमा छवि बनाएकि अभिनेत्री तबूले फिल्म विजयपथबाट बलिउडमा प्रवेश गरिन। उमेरले ४९ लागेकि तबु अझै अविवाहित छिन्। उनले दुई पटक भारतीय राष्ट्रिय पुरस्कार र ६ पटक फिल्मफेयर जितेकि छन्।
३) सुष्मिता सेन
पूर्वमिस यूनिभर्स सुष्मिता सेनले समेत अझैसम्म विवाह गरेकि छैनन्। हुनत हाल उनी रोहमन शलसंग डेटमा छिन्। जसले चाडैँ विवाह हुनसक्ने अनुमान गर्न सकिन्छ। तर ४४ वर्षीय सुष्मिता अविवाहित नै हुन्। उनी एडोप्टद्धारा लिइएका दुई छोरीकी आमा हुन्।
४) अमिषा पटेल
सुपरहिट फिल्म कहो ना प्यार है, गदर लगायतका फिल्मबाट बलिउडमा तहल्का मच्चाउन सफल अभिनेत्री अमीषा पटेल समेत अझैसम्म अविवाहित छिन्। ४४ वर्षीय अमीषा अझै पनि बोल्ड अवतारमा फिल्ममा देखा पर्दै आएकि छन्।
५) तनीषा मुखर्जी
बलिउडकी चर्चित अभिनेत्री काजलकी बहिनी तनिषा मुखर्जी ४२ बर्षसम्म पनि अविवाहित नै हुन्। उनले बलिउडमा सफलता पाउन सकिनन्। एकताका उनको नाम उदय चोपडा र अरमान कोहलीका साथ जोडिएको थियो। तर उनको विवाह भने भएन।


























