काभ्रे, साउन २९ । कोरोना संक्रमित ९८ बर्षका बृद्धको परिवारले धुलिखेल अस्पताल लगायत समुदायका धेरै मानिसमा भेटघाट गरेको पाईएकोले धुलिखेल अस्पताल परिसरको विपि राजमार्ग देखि अस्पताल सम्म सिल गर्ने निर्णय गरेको छ।
काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झा, अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकार लगायत स्थानिय प्रतिनिधिहरु बसेको संयुक्त बैठकले अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।
साथै संक्रमित ९८ बर्षका समाजसेवी बृद्धको धुलिखेल वडा नं ७ निवास रहेको क्षेत्रको ५ सय मिटर वरपर सिल गर्ने निर्णय गरेको छ। धुलिखेल अस्पतालले अति आवश्यक बाहेका सबै सेवा आईतबार देखि बन्द गर्ने निर्णय गरेको छ। धुलिखेल अस्पतालमा विहिवार एक जना बिरामी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


























