साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोभिड–१९ को संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन्।
सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन्।
मुखर्जीको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल गएका थिए। परीक्षणका क्रममा उनमा कोरोना पोेजेटिभ देखिएको हो। एजेन्सी
Facebook Comments


























