चितवन, साउन २६ । चितवन मेडिकल कलेज भरतपुरमा एक महिलाले पाँच किलो ग्रामको बच्चा जन्माएकी छिन्। मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान छोरी जन्माएकी हुन्।
आमामा उच्च रक्तचाप देखिएको र बच्चा ठूलो भएकाले अप्रेसन गर्न नसक्ने भन्दै हेटौडा अस्पतालबाट आइतबार रिफर भएकी महिलाको अप्रेशन गरेर बच्चा निकालिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए।
डा.बन्दना खनाल, डा.प्रेक्षा सिंह, डा.वसन्त आचार्य डा.इन्द्रनारायण श्रेष्ठ, डा.रेनुका ताम्राकारसहितको टोलीले अप्रेशन गरेको थियो। अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ। आमा सीता लोप्चनको तौल ११२ केजी रहेको हुनाले पनि अप्रेसन जटिल थियो।
चिकित्सकका अनुसार समान्यतया बच्चाको तौला २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्दछ।
Facebook Comments


























