सर्लाही, साउन २६ । सर्लाहीमा निषेधाज्ञा जारी भएको छ। स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सिफारिसमा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ।
Facebook Comments


























