काठमाडौं, साउन २६ । अध्यागमन विभागका एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि विभागले भिसा लगायतका सेवा केही दिनलाई बन्द गरेको छ।
विभागमा कार्यरत सबै कर्मचारीको शुक्रबार परीक्षण गरिएकोमा एक कर्मचारीमा संक्रमण देखिएको हो।
‘५६ जनाको परीक्षण गरेकोमा एक जनाको कोरोना पोजेटिभ देखियो,’ विभागका महानिर्देशक रमेशकुमार केसीले भने, ‘संक्रमित कर्मचारी अरुसँग पनि घुलमिल भएको आंशका भएकाले फेरि परीक्षण गर्न लागेका छौं, केही दिनलाई सेवा रोक्ने निर्णय भएको छ।’
कार्यालय खुला नै रहेको र कुनै अत्यावश्यक अवस्था परेमा भने सेवा दिइने उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित अध्यागमन कार्यालयका कर्मचारीको पनि बेला बेलामा परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको विभागले जनाएको छ।
Facebook Comments


























