कपिलवस्तु, साउन २६ । पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पताल सोमबारबाट सिल गरिएको छ। अस्पतालले इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरेको हो।
आइतबार साँझ अस्पताल कर्मचारी, चिकित्सक र सरोकारवालाको बैठक बसेर सिल गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बन्जाडेले बताए। अस्पतालमा कार्यरत अन्य ९० कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट आएपछि अवस्था हेरेर अस्पताल सञ्चालन गर्नेरनगर्ने निर्णय लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।
सदरमुकाम तौलिहवा र कृष्णनगरमा ६ दिनयता ४१ स्थानीय संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ । सक्रिय संक्रमित १ सय २ जना छन् ।
Facebook Comments


























