काठमाडौं, साउन २५ । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्तिमार्फत थप ९ जना संक्रमित थपिएको जानकारी दिएको हो।
प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नयाँ थपिएका संक्रमितमध्ये सुर्खेतका २ जना, दैलेखका एकजना, जुम्लाका ४ जना र कालीकोट २ जना छन्।
उनीहरुमध्ये ६ महिने शिशु सहित ५ पुरुष र ४ जना महिला रहेका छन्।
Facebook Comments


























