बर्दिया, साउन २५ । बर्दियामा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
बैंकका कर्मचारी, थुनुवा र जनप्रतिनिधिलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले आजदेखि पाँच दिनसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।
बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए।
साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गरिएको उनले जानकारी दिए।
यो समयमा पनि औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा भने अवरोध नुहने प्रशासनले प्रष्ट पारेको छ।
Facebook Comments


























