त्रिशूली, साउन २४ । नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार बहिनीको घरमा जाँदै गरेका उनको भिरबाट लडेपछि उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। शव परीक्षणका लागि आज बिहान त्रिशूली अस्पतालमा ल्याइएको छ। रासस
Facebook Comments


























