चितवन, साउन २४ । भरतपुर-४ धर्मचोकमा कोभिड-१९ संक्रमण जोखिम न्यूनीकरणका लागि सचेतना एवं निशुल्क माक्स वितरण गरिएको छ।
लायन्स क्लब चितवन लन्कु, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र दिदिबहिनी आमा समूह धर्मचोकको आयोजनामा धर्मचोकमा माक्स वितरण गरिएको हो।
मोटरसाईकल, मोटर, ट्याक्सी, कार, तथा पैदलयात्री माक्स प्रयोग नगर्नेलाई निशुल्क माक्स वितरण गरिएको तथा माक्स लगाई सार्वजनिक स्थलमा हिड्न आग्रह गरिएको माक्स वितरक लायन्स क्लबका अध्यक्ष लायन कृष्ण कुमार शर्माले जानकारी दिए।

माक्स वितरण गर्ने कार्यक्रममा सान्दर्भिक मन्तव्य लायन हरिदास सापकोटाले दिएका थिए। जिल्ला ट्राफिक कार्यालय, दिदिबहिनी आमा समुहका सदस्यहरु, समाजसेवी, स्थानीय बुद्धिजीवी सहभागी थिए।


Facebook Comments


























