काठमाडौं, साउन २४ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। उनको शनिवार साँझ कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
उनी यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोनाभाइरसको संक्रमण देखिएपछि उपासनाले काठमाडौंको ह्याम्स अस्पतालमा कोरोना परिक्षण गराएकी थिइन्।
उपासनाले अभिनेता अनमोल केशीको चलचित्र ‘क्याप्टेन’ बाट चलचित्र क्षेत्रमा प्रबेश गरेकी थिइन्। उनी दयाहाङ राईको चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गरेर चर्चामा आएकी थिइन्।
Facebook Comments


























