काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ।
प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ। यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो। उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो।
अहिले प्रधानमन्त्रीको क्लोज कन्ट्रयाक्टमा रहेका सबैको स्वाब परीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको कोरोना परीक्षण गरिएको थियो। परीक्षणाका क्रममा प्रचण्डसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने उनको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो।
Facebook Comments


























