काठमाडौं, साउन २३ । वीर अस्पतालमा कार्यरत २ चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना देखिएको अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीले जानकारी दिए। वीर अस्पतालमा बिहीबार पनि एक चिकित्सकलाई कोरोना देखिएको थियो।
अस्पतालका २ डाक्टरमा कोरोना देखिएपछि ३५ जनालाई क्वारेन्टाइनमा राखिएको डा.सेञ्चुरीले बताए। कोरोना संक्रमण देखिएका दुवै जनामा ज्वरोको लक्षण देखिएको छ।
Facebook Comments


























