धादिङ, साउन २३ । गजुरी गाउँपालिका ६ पोखरे खोलास्थित जंगलबाट कास्की पोखरा महानगरपालिका–१४ बस्ने ३१ वर्षीय विकाश तामाङको ८ लाख रुपैयाँ लुटपाट भएको छ।
नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटी फरार भएको बताइएको छ। लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























