काठमाडौं, साउन २३ । अभिनेता विपिन कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनी अभिनित ‘डर छैन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको गीतमा सन्तोष लामाको स्वर सुन्न सकिन्छ भने नारायण गौतमले शब्द कोरेका छन्। यस्तै गीतमा हरि लम्सालले संगीत दिएका छन्।
भिडियोमा विपिनसँगै लोकमणि गौतम र बालकलाकार स्रभनी थापाको समेत अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। उनी फिल्म निर्देशक पनि हुन्। त्यसैगरी भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ।
‘जात्रा’, ‘पशुपतिप्रसाद’, ‘प्रसाद’ लगायतका फिल्ममा अभिनय गरेका विपिनको यो तेस्रो म्युजिक भिडियो हो।
Facebook Comments


























