साउन २३ । श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशको संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जितको घोषणा गरेका छन्।
उनका भाइ महिन्दा राजापाक्षलाई एक पटक फेरि प्रधानमन्त्री बनाइने अनुमान छ जसले गत नोभेम्बरदेखि कार्यवाहकको भूमिका निर्वाह गरेका थिए।
श्रीलंकाको आम निर्वाचनमा राजापाक्ष परिवारको श्रीलंका पिपुल्स फ्रन्ट ९एसएसपीपी०ले दुई तिहाई बहुमतका साथ जित हासिल गरेको छ।
पार्टीले कुल २२५ मध्ये १४५ सिट जितेको छ। साथै पाँच सिट श्रीलंका पिपुल्स फ्रन्टको सहयोगी पार्टीले जितेको छ।
श्रीलंकामा एसएलपीपीले ९ महिना पहिले राष्ट्रपति चुनाव जितेको थियो र गोटब्या राजापाक्षले नोभेम्बर १८ मा राष्ट्रपति पदको शपथ लिएका थिए।
श्रीलंकामा बुधबार मदतान भएको थियो। बिहीबार सुरु भएको मतगणनाको कार्य शुक्रबार बिहान आधिकारिक रुपमा सार्वजनिक भएको छ।
बितेका दुई दशकदेखि श्रीलंकाको राजनीतिमा विवादित राजापाक्ष परिवारको दबदबा रहँदै आएको छ।
महिन्दा राजापाक्ष यसभन्दा अघि सन २००५ देखि २०१५ सम्म श्रीलंकाका प्रधानमन्त्री रहेका थिए। एजेन्सी


























