दार्चुला, साउन २२ । दुहु गाउँपालिका ३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























