परासी, साउन २२ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ६ लाख बराबरको पाते सूर्ती बरामद गरेको छ।
भारतबाट भन्सार छलेर ल्याएको १५ सय केजी सूर्ती लुकाएर राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताए। ६० वटा बोरामा राखिएको सूर्ती पाल्हीनन्दन गाउँपालिकाको चमनटोलाको खेतबाट बरामद गरिएको केसीले जानकारी दिए।
कारोबारमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बरामद सूर्ती आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ।
पछिल्लो पटक भारतबाट लत्ताकपडा, मोटर पार्टस र सूर्तीजन्य वस्तुको नेपाल तर्फ चोरी निकासी हुने गरेको छ।
Facebook Comments


























