काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिरी घेराको सुरक्षा गर्ने (स्कर्टिङ गर्ने) ६ सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन्।
प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्य, सचिवालयका सदस्यको कोरोना परिक्षण निगेटिभ आएको जानकारी दिएको छ।
परिक्षणमा बाहिरी घेरामा सुरक्षा दिने ६ जना सुरक्षा अधिकारीहरुलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ।
प्रचण्डको सचिवालय हेर्ने उनकी छोरीले गंगा दाहालले सामाजिक संजालमा भनेकी छन्-
‘अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड-१९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ। ऊक्त ६ जना बाहेक हामी सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछु। अध्यक्षको सुरक्षामा अहोरात्र खट्टिनुहुने संक्रमित सुरक्षाकर्मी साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना..!!!’


























