कैलाली, साउन २२ । गृह मन्त्रालयलको निर्देशनपछि कैलालीमा रातको समयमा सवारी साधन र पैदल यात्रामा समेत रोक लगाइएको छ। आजबाट लागु हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न यो व्यवस्था लागु गर्नुपरेको हो।
सरकारले कोरोनाको संख्या दुई सय बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको थियो।
कैलाली जिल्लामा हालसम्म १३ सय बढी संक्रमति भेटिएका छन् भने जसमध्ये २९६ सक्रिय संक्रमित छन्। चौधरीका अनुसार जोर(बिजोर प्रणाली पनि आजबाटै लागु भएको छ। तर अत्यावश्यक काममा भने पैदलयात्रा र सवारी चलाउन पाइनेछ।
Facebook Comments


























