चितवन, साउन २१ । चितवनमा प्रहरीलाई घूस दिन खोज्ने दुईजना पक्राउ परेका छन्। राप्ती नगरपालिका १ स्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ना ७ ख ८१९ नम्बरको ट्रक चालक रौतहट राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने ३२ वर्षीय अब्दुल मनान देवान र सहचालक राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने २५ वर्षीय महमद सितार छन्।
रौतहटबाट नारायणगढतर्फ जाँदै गरेको ओभर लोड इँटा बोकेको ट्रकलाई अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रहरीलाई जबरजस्ती घूस दिन खोजेपछि दुवैलाई पक्राउ गरेको हो।
Facebook Comments


























