विराटनगर, साउन २१ । विराटनगर महानगरपालिकामा बुधबार ३ महिला र १ पुरुष गरि ४ जना कोरोनाभाइरस कोभिड १९ संक्रमित थप भएका छन्।
विराटनगरस्थित कोशी अस्पतालको रिपोर्ट अनुसार वडा नम्बर ११ र ३ बाट समान २ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार बिहानको रिपोर्टमा २२, २७, ५६ वर्षीया महिला र ५२ वर्षीय पुरुषमा संक्रमण भएको महानगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए।
उनीहरुको स्वाब संकलन महानगरपालिकाले गरेको जनाएका महाशाखा प्रमुख कार्कीले यससँगै हालसम्म महानगरपालिकामा संक्रमित संख्या १ सय ६२ पुगेको बताए। जसमध्ये ३१ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन्।
अस्पतालले मोरङ सुनवर्षी नगरपालिका ८ का ९, १०, र १४ वर्षीय बालक, सप्तरी खड्क १० मा ४, ५ र १५ वर्षीया बालिका, ईलाम नगरपालिका १ जना पुरुष, उदयपुर चौदण्डीगढी ७ मा २७ वर्षीया महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेको छ।


























