काठमाडौं, साउन २० । केही समयदेखि स्थगीत भएको गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण फेरि शुरु हुने भएको छ। कोरोनाभाइरसका कारण स्थगीत भएको ‘नेपाल आइडल–३’ बिहिबारबाट शुरु हुने बताएको छ।
गएको चैतको पहिलो सातादेखी स्थगीत भएको ‘नेपाल आइडल–३’ कोरोनाभाइरसलाई ध्यानमा राख्दै फेरि शुरु गर्न लागिएको हो। नेपाल आइडल स्थगीत भएपछि प्रतिस्पर्धीलाई उनीहरुको आआफ्नै घर पुर्याइएको थियो।
अब बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुने बताइएको छ। यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहेका छन्।
Facebook Comments


























