काठमाडौं, साउन २० । पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ।
आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको हो।
हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो।
आज चाँदीको भाउ भने घटबढ भएको छैन। चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ।
Facebook Comments


























