काठमाडौ, साउन १८ । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ।
संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको एसएसपी ढकालले खबरहबलाई जानकारी दिए।
३७५ जना क्वारेन्टाइनमा गएपछि महाशाखाका मातहतका अहिले साढे ११ सय हाराहारी जनशक्ति काममा खटिएका छन्।
Facebook Comments

























