चितवन, साउन १७ । राप्ति नगरपालिका वडा नं. १ नयावस्ति जंगल छेउमा रहेको अमर बहादुर चेपाङको घर जंगलि हात्तिले भत्काएको छ।
गएराति ३ बजे जंगली हात्तिले घर सहित धान खेतीमा समेत असर गरेको राप्ति नगरपालिकाका उप प्रमुख इमान सिं लामाले बताए। घर पुर्णरुपमा क्षति भएपछि अहिले आफन्तको घरमा चेपाङको परिवार आश्रय लिएर बसेको छ। आज उप प्रमुख सहितको टोलिले अनुगमन गदै शिघ्र चेपाङको घर निर्माण गर्नका लागी मध्यवर्ति सामुदायिक वनलार्इ अनुरोध गरेकाछन्। उनले मत्तयवर्तिले चेपाङको घर निर्माणमा सहयोग नगरे आफैले भएपनि घर बनाइदिने बचन र्दिए।

उप प्रमुख लामाले मध्यवर्तिका अध्यक्ष मान वहादुर स्याङग्वोलाइ टेलिफोन गदै छिटो भन्दा छिटो घर निर्माणमा लाग्न अनुरोध गरेकाहुन्। उनले चेपाङ परिवारलाइ राहतको लागी पनि सहयोग गरेकाछन्। अनुगनमा राप्ति ४ का वडा अध्यक्ष शमशेर लामा, स्थानिय समाजसेवी विमल डल्लाकोटी, सन्जय श्रेष्ठ , भण्डारा उमाविको अध्यक्ष राम बहादुर मगर लगायतको टोली गएको थियो।


























