काठमाडौं, साउन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ। संवादहीनताको अवस्थामा रहेका दुई अध्यक्षबीच अहिले केहीबेरअघिदेखि वार्ता सुरु भएको हो। बालुवाटार स्रोतका अनुसार दाहाल ओलीलाई भेट्न ९ः५० मा त्यहाँ पुगेका थिए।
१३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा स्थगित भएपछि दाहाल पक्षका बहुमत सदस्य बैठक बसेका थिए।
त्यसपछि दुई अध्यक्षबीच छलफल भएको थिएन। अध्यक्ष दाहालले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर छलफल भने गरेका थिए।
Facebook Comments


























