चितवन, साउन १७ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना–६ जलबिरेमा पहिरो खसेपछि शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएका थिए।
पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सडक पुनः सञ्चालन भएपछि सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।
यसैबीच पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको हो। दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। यसअघि बिहीबार पनि सोही ठाउँ पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएका थिए। रासस
Facebook Comments


























