साउन १६ । अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ।
लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन्।
मुस्लिमहरुको पर्व इदको लागि पुली आलम बजारमा किनमेलमा व्यस्त सर्वसाधारणकमाझ विष्फोट गराईदा २१ जना घाइते भएका छन्।
तालिवान विद्रोहीले आजदेखि तीन दिनसम्म इदका लागि युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो।
अमेरिकाको सक्रियतामा अफ्गान सरकारसँग शान्ति वार्ताको तयारीमा रहेको तािलवानले विष्फोटमा आफ्नो संलग्नता नरहेको बताईसकेको छ।
अर्को आतंकवादी समुह इस्लामिक स्टेटले भने केही प्रतिक्रिया जनाएको छैन। एजेन्सी
Facebook Comments


























