साउन १५ । अघिल्लो महिना संयुक्त राष्ट्रसंघको गाडीभित्र यौनकर्म गर्ने कर्मचारीहरूलाई निलम्बन गरिएको छ। आन्तरिक अनुसन्धानमा यूएन ट्रुस सुपरभिजन अर्गनाइजेसनका कर्मचारीहरूले उक्त क्रियाकलाप गरेको पाइएको छ।
यौनकर्ममा लिप्त दुई कर्मचारीलाई निलम्बन गर्नुका अतिरिक्त गाडीमा रहेका तेस्रा कर्मचारीलाई बेतलबी बिदामा पठाइएको छ।
‘इजरायलको तेल अभिभमा राष्ट्रसंघको आधिकारिक वाहनमा रहेको तेस्रा पुरुष कर्मचारी पनि अश्लील गतिविधिमा सक्रिय रहेको पाइएको छ,’ ट्रुस सुपरभिजन अर्गनाइजेसनले सानो बयान जारी गरेर बतायो। ती कर्मचारीलाई बेतलबी बिदामा पठाइएको जानकारी पनि उसले दिएको छ ।
राष्ट्रसंघभित्रको स्वतन्त्र निगरानी निकाय अफिस अफ इन्टर्नल ओभरसाइट सर्भिसेजले घटनाको अनुसन्धान गरिरहेको छ।
टाढाबाट खिचिएको एक भिडियोमा रातो वस्त्र लगाएकी एक महिलाले पुरुष कर्मचारीको काखमा बसेको र उनीहरू राष्ट्रसंघको लोगो भएको गाडीको पछिल्तिरको सीटमा रहेको देखिन्छ। अगाडिको अर्को सीटमा अर्का पुरुष सुतिरहेका देखिन्छन्। चालक चाहिँ भिडियोमा देखिँदैनन्।


























