बाँके, साउन १५ । बाँके जिल्ला प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आज बसेको आकस्मिक बैठकले आगामी आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
बाँकेमा आज एकैदिन २७ जना कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेपाल समयलाई जानकरी दिए। बाँकेमा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञा जारी गर्न लागिएको हो।
साउन ७ मा लकडाउन खोलेपछि राजस्व कार्यालय, यातायात कार्यालय, मिठाई पसल सञ्चालक र उनको कन्ट्याक्टमा आएका १६ जना गरी एकै पटक आज २७ जना संक्रमित थपिएको उनले बताए।
Facebook Comments


























