मुम्बई, साउन १५ । भारतको मुम्बईमा रहेको सबैभन्दा ठूलो झुपड बस्ती धाराबीमा कोरोना संक्रमण फैलिएको छ।
त्यहाँ बस्ने आधाभन्दा बढी मानिसमा कोरोना संक्रमण भइसकेको एक अध्ययनले देखाएको छ। सरकारी थिंकट्यांक नीति आयोग र द टाटा फण्डामेन्टल रिसर्चले मुम्बईको तीन क्षेत्रको झुपड बस्तीमा कोरोना संक्रमणबारे सर्वेक्षण गरेको थियो। सो सर्वेक्षणमा सात हजार मानिसमा सहभागी भएका थिए।
सहभागीमध्ये मुम्बईको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड बस्तीका ५७ प्रतिशत मानिसमा एन्टीबडी पोजेटिभ देखिएको छ। यस्तै, झुपड बस्तीभन्दा बाहिरका १६ प्रतिशत मानिसमा मात्र एन्टीबडी पोजेटिभ देखिएको सर्वेक्षणले जनाएको छ। यही सर्वेक्षणको आभारमा आधाभन्दा बढी मानिस संक्रमित भइसकेको दाबी गरिएको छ।
अध्ययनमा सहभागी गराइएको शहरको पश्चिम, पूर्वी र मध्यभागका तीन क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ भने समग्र झुपडबस्तीमा करिव एक करोड २५ लाख मानिस बस्छन्। एजेन्सी


























