काठमाडौं, साउन १५ । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ।
आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ अहिलेसम्मकै महंगो हो।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो। नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ।
सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ। चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।
Facebook Comments


























