मुम्बई, साउन १५ । केही दिन यताको सक्रिय मनसुनसँगै अहिले भारतको आसाम र बिहार डुवानमा परेको छ। उनीहरुलाई सहयोगको खाँचो छ। बाढीपीडितहरुको उद्धारपछि यतीबेला उनीहरुलाई राहतको लागि बलिउड अभिनेत्री प्रियँका चोपडा जुटेकी छिन्।
आफ्ना पति निक जोनसका साथ अभिनेत्री प्रियँकाले दुई दिन अघि आसामका बाढी पीडितलाई सहयोग गरेकी थिईन्। यतीबेला आफ्ना पति जोनसकासाथ यी अभिनेत्रीले बिहारका बाढीपीडितहरुका लागि सहयोग प्रदान गरिरहेकी छिन्।
अहिले बाढीका कारण बिहारको ११ जिल्लाका २५ लाख मानिसहरु पीडित बनेका छन्। बाढीमा बगेर अहिले ८ जनाको मृत्यु भएको छ। बाढी पीडितहरुका लागि बस्न आबस्यक त्रिपाल सहितको बन्दोबस्तीको सामग्री, खानेकुरा, सफा पनि, औषधी जस्ता विभिन्न सामग्रीहरु अभिनेत्री प्रियँका चोपडाले प्रदान गरेकी छिन्।
अभिनेत्री प्रियँकाले आफ्नो ट्विटमा लेखेकी छिन्,‘भारतमा मनसुनका कारण देशको विभिन्न स्थानमा बाढीले ताण्डब मच्चाएको छ भने बिहारका विभिन्न स्थान त पूर्ण रुपमा बाढीमय भएको छ। त्यहाँ लाखौं मानिसहरु बिस्तापित भएका छन भने उनीहरु अहिले प्रकोपसँग जुधिरहेका छन्।’ उनले अगाडि लेखेकी छिन्,‘बाढीपीडितहरुका लागि हरेक क्षेत्रबाट अहिले मद्धतको आबस्यक छ।
यसै क्रममा निक र मैले विभिन्न संस्था र समुहमार्फत बाढी ग्रस्त क्षेत्रमा राहत सामग्री सहितको सहयोग पुर्याईरहेका छौं भने अब तपाईहरुको पनि पालो आएको छ।’ यस्तो अबस्थामा सबैलाई सहयोग गर्ने अभिनेत्री प्रियँका चोपडाले आह्वान गरेकी छिन्।


























