जनकपुर, साउन १४ । तत्कालीन धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीको घरमा १२ वर्षअघि डकैती गरेर फरार रहेका नगराइन नगरपालिका ७ का भरत झालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
२०६५ भदौ १५ गते राति जनकपुर ८ का चौधरीको घरमा झासहितको समूहले हातहतियार देखाइ धनमाल लुटेर भागेको थियो। उक्त मुद्दामा झालाई जिल्ला अदालतले ६ वर्ष कैद र ९ लाख ४५ हजार ४५० जरिवाना तोकेको थियो। बुधबार झालाई उनको घरबाटै पक्राउ गरी अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
त्यस्तै, हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त महोत्तरी, लोहारपट्टी ८, भ्रमरपुराका इसराइल राइनलाई मंगलबार साँझ जनकपुरको भ्रमरपुरा चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























