काठमाडौं, साउन १४ । सुनको मूल्य प्रतितोला ३ सयले बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ३ सयले बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको हो।
यसैगरी चाँदीको मूल्य भने बुधबार घटेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा झरेको छ।
Facebook Comments


























