काठमाडौं, साउन ११ । अभिनेता वीपिन कार्कीलाई म्युजिक भिडियोमा देखिने भएको छ। केही दिनमा सार्वजनिक हुने गीतको भिडियोमा वीपिनलाई देख्न पाइने भएको हो।
सन्तोष लामाको गीतको भिडियोमा उनले अभिनय गरेका हुन्। भिडियो निर्देशन निकेश खड्काले गरेका छन्। कोरोनाका कारण चलचित्रको काम थाँती रहँदा वीपिन एक वर्षदेखि अभिनयबाट टाढिएका थिए।
त्यही अभिनयको भोक मेटाउन उनले म्युजिक भिडियोमा काम गरेका हुन्। गीत १२नोट्सबाट सार्वजनिक हुने छ।
चलचित्र ‘सेल्फी किङ्’ पछि वीपिन पहिलोपटक दर्शकमाझ आउन लागेका हुन्।
Facebook Comments


























