काठमाडौं, साउन ८ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २.७७ अंकले ओरालो लागेको छ।
कारोबार सुरुमा उकालो त्यसपछि ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा २ अकंले ओरालो लागेको हो।
आज १४३३.२५ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४२९.७२ को बिन्दुमा पुगेको छ।
आज ११ बजे को १४३३.२५ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.१९ प्रतिशतले घटेको छ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ वटा मा उपसमुह बढेका छन्।
अहिले कारोबार भईरहेका १६५ कम्पनीको ६ लाख ८६८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
Facebook Comments


























