दाङ, साउन ७ । बलात्कार अभियोगमा तुलसीपुरमा एक जना पक्राउ परेका छन्।
वैशाख १७ गते तुलसीपुरकी महिलालाई बलात्कार गरी फरार भनिएका तुलसीपुर उपमहानगरपालिका ३ का ४४ वर्षीय खिमबहादुर वलीलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीमाथि घरमै सुतेकी महिलालाई बलात्कारको आरोप छ।
अभियुक्तलाई मंगलबार आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी शिवबहादुर सिंहले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
Facebook Comments




















