काठमाडौं, साउन ७ । विगत २४ घण्टायता नेपालमा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ। हाल ५ हजार ३ सय ६८ जना संक्रमितको उपचार भइरहेको छ।
विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको छ।
Facebook Comments


























