काठमाडौं, साउन ७ । अभिनेता राजेश हमाल पारिवारिक शोकमा परेका छन्। उनका एक मात्र भाइ राकेश हमालको निधन भएको छ।
कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर नयाँदिल्ली पुर्याइएका राकेशको उपचारकै क्रममा निधन भएको हो।
राकेशको नयाँदिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममै निधन हमालको पारिवारिक स्रोतले जानकारी दिएको छ। राकेशका श्रीमती र दुई छोराछोरी छन्। राजेशका दम्पती र राकेशको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको जनाइएको छ। उनीहरुका तीन दिदीबहिनी छन्।
अन्य क्षेत्रमा रहेका राकेश र राजेश हमालबीच करिब डेढ वर्षको उमेर अन्तर रहेको जनाइएको छ। काठमाडौंमै रहेका अभिनेता राजेश हमाल भाइको शव दिल्लीबाट नेपाल ल्याउने काममा भइरहेको जनाइएको छ।
Facebook Comments




















